Back to News
Event

अर्घाखाँची राष्ट्रसेवक समाजको नवौं वार्षिक साधारण सभा सम्पन्न

2026-07-11
राष्ट्रिय तथ्याङ्क कार्यालयको सभाहल, थापाथली
४ मिनेट
अर्घाखाँची राष्ट्रसेवक समाज
अर्घाखाँची राष्ट्रसेवक समाजको नवौं वार्षिक साधारण सभा सम्पन्न — 1
अर्घाखाँची राष्ट्रसेवक समाजको नवौं वार्षिक साधारण सभा सम्पन्न — 2

काठमाडौं, असार २७ – अर्घाखाँची राष्ट्रसेवक समाजको नवौं वार्षिक साधारण सभा शनिबार काठमाडौंस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयको सभाहल, थापाथलीमा सम्पन्न भएको छ।

कार्यक्रम समाजका अध्यक्ष डा. कमल प्रसाद पोखरेल को अध्यक्षतामा तथा लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष श्री माधव बेलबासे को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा समाजका पदाधिकारी, आजीवन सदस्य, सल्लाहकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री माधव बेलबासे ले अर्घाखाँची राष्ट्रसेवक समाजले जिल्लावासीबीच आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै समाजले जिल्लाको समग्र विकास, सुशासन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष डा. कमल प्रसाद पोखरेल ले संस्थाको वार्षिक प्रगति, भावी कार्यदिशा तथा संगठनलाई थप सुदृढ, सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै समाजका सदस्यहरूबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान तथा अर्घाखाँची जिल्लाको विकासमा साझा पहललाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

साधारण सभामा महासचिव श्री विष्णु बेलबासे ले समाजको सांगठनिक तथा संस्थागत गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष श्री काशीनाथ पौडेल ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षको आय–व्यय, वित्तीय अवस्था तथा बजेटबारे जानकारी गराउनुभयो। प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी सदस्यहरूले रचनात्मक छलफल गर्दै आवश्यक सुझावहरू प्रदान गरेका थिए।

साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रम र कार्ययोजनालाई अनुमोदन गर्नुका साथै संस्थागत सुदृढीकरण, सदस्य विस्तार, सामाजिक सेवा, युवाको सहभागिता तथा अर्घाखाँची जिल्लाको समग्र विकासमा समाजले अझ सक्रिय, प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको थियो। सहभागीहरूले अर्घाखाँची राष्ट्रसेवक समाजलाई जिल्लाको सामाजिक, शैक्षिक तथा विकाससम्बन्धी गतिविधिहरूमा अझ प्रभावकारी रूपमा परिचालन गर्दै आपसी सहकार्य र एकतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Related news