Back to News
Event

अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा नववर्ष २०८३ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिक एवं सम्मान कार्यक्रम सम्पन्न

2026-04-10
राष्ट्रिय तथ्यांक कार्यालय, सभाहल
४ मिनेट
अर्घाखाँची राष्ट्रसेवक समाज
अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा नववर्ष २०८३ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिक एवं सम्मान कार्यक्रम सम्पन्न — 1
अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा नववर्ष २०८३ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिक एवं सम्मान कार्यक्रम सम्पन्न — 2
अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा नववर्ष २०८३ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिक एवं सम्मान कार्यक्रम सम्पन्न — 3
अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा नववर्ष २०८३ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिक एवं सम्मान कार्यक्रम सम्पन्न — 4

अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा नववर्ष २०८३ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिक एवं सम्मान कार्यक्रम राष्ट्रिय तथ्यांक कार्यालयको सभाहलमा मिति २०८२ चैत्र २७ गते सम्पन्न भयो। अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फ निर्वाचित माननीय श्री मञ्जु ज्ञवाली भुसाल ज्यूलाई हार्दिक बधाई, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष डा कमल प्रसाद पोखरेलले गर्नुभएको थियो भने माननीय श्री मञ्जु ज्ञवाली भुसाल कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरुले नव वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्नुभयो। समाजले तयार पारेको वि सं २०८३ सालको भित्तेपात्रो पनि यस कार्यक्रममा सार्वजनिकीकरण गरिएको थियो। त्यसैगरी बिभिन्न पदहरुमा नयाँ नियुक्ति हुनुहुने, बढुवा हुनुहुने, पि एच डि गर्नुहुने र आजीवन सदस्य बन्नुहुने समाजका सदस्यहरुलाइ सम्मान समेत गरिएको थियो।

अध्यक्ष पोखरेलले समाजका विविध गतिविधिहरुको जानकारी गराउदै नवनिर्वाचित माननीय भुसाल लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। बधाई, शुभकामना तथा सम्मान कार्यक्रम पश्चात नवनिर्वाचित सांसद भुसालले अर्घाखाँची जिल्लाबाट विभिन्न क्षेत्रमा कार्यरत समाजका पदाधिकारीहरु संग जिल्लाका विकास निर्माण तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउन सहकार्य गर्ने र जिल्लाको समग्र विकासमा अग्रसर हुने प्रतिबद्ता व्यक्त गर्नुभयो। उक्त कार्यक्रम महासचिव बिष्णु बेल्बासेबाट सञ्चालन गरिएको थियो।