अर्घाखाँचीका नव निर्वाचित सांसद भुसाललाई बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माननीय श्री हरिप्रसाद भुसालज्यूलाई हार्दिक बधाई, शुभकामना तथा सम्मान कार्यक्रम राष्ट्रिय तथ्यांक कार्यालयको सभाहलमा मिति २०८२ चैत्र ५ गते सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष डा कमल प्रसाद पोखरेलले गर्नुभएको थियो भने माननीय श्री हरिप्रसाद भुसाल कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो।
अध्यक्ष पोखरेलले समाजका विविध गतिविधिहरुको जानकारी गराउदै अध्यक्ष तथा समाजका कार्यसमिति का पदाधिकारीहरुले नवनिर्वाचित माननीय भुसाल लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
बधाई, शुभकामना तथा सम्मान कार्यक्रम पश्चात नवनिर्वाचित सांसद भुसालले अर्घाखाँची जिल्लाबाट विभिन्न क्षेत्रमा कार्यरत समाजका पदाधिकारीहरु संग जिल्लाका विकास निर्माण तथा कार्यक्रमहरुलाई कसरी प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ भन्ने विषयमा पदाधिकारीहरुको अनुभव सहित विस्तृत अन्तरक्रिया समेत गर्नुभयो।
सांसद भुसालले कार्यक्रमको अन्त्यमा बोल्दै आफू यस समाज र पदाधिकारीहरु संग सहकार्य र समन्वय गरी जनचाहना बमोजिम सांसद र जनता बीचको दूरी कम गरी जिल्लाको समग्र विकासमा अग्रसर हुने प्रतिबद्ता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रम महासचिव बिष्णु बेल्बासेबाट सञ्चालन गरिएको थियो। सहभागीहरूले अर्घाखाँचीको विकास सम्बन्धमा महत्वपूर्ण सुझाव तथा प्रतिक्रिया प्रदान गरेका थिए।